धनुषामा पेस्तोलसहित एक जना पक्राउ


सुर्खेत । धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ का २८ वर्षीय रोशन महतो रहेका मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका–२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेको हो । महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल ‍एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको छ ।