कांग्रेस दैलेखको सभापतिमा रेग्मी

सुर्खेत । नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।

उनले सात सय ९१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले सात सय ४५ मत ल्याए । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवार विजयी भएका छन् ।

उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही र कनक सेन विजयी भएका हुन् ।