रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति


सुर्खेत । जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएको छ । स्वार्थ द्वन्द्व हुने गरी रवि लामिछानेलाई गृहमन्त्रालयको कार्यभार सम्हाल्न दिएकोमा समितिले आपत्ति जनाएको हो ।

समितिको तर्फबाट संयोजक चरण प्रसाई, ओम प्रकाश सेन ठकुरी, कपिल श्रेष्ठ, डा। मन्दिरा शर्मा, डा. गौरीशंकर लाल दास, कनकमणि दीक्षित, डा. गोपाल सिवाकोटी, सुमन अधिकारी, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाईं, सवित्री श्रेष्ठ, जनक राउत, ईन्द्रप्रसाद अर्याल, महामनिश्वर आचार्य, बाबुराम गिरी, राजन कुईंकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्री भुसाल, रुकमनी महर्जन, रणधिर चौधरीले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।