विश्व कप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दै, 

सुर्खेत । ( आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले भोलि जिम्बाब्वेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे हरारेमा सुरु हुनेछ ।

नेपालले भोलि आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट मान्यताप्राप्त देशसँग अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दैछ । सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि जिम्बाब्वेसँग नेपालले अहिलेसम्म एउटा मात्रै एकदिवसीय खेल खेलेकोमा १ सय ६ रनले पराजित भएको छ ।

विश्व कप छनोटअघिका खेलमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा निकै राम्रो नतिजा निकालेको छ । नेपालले विश्व कप छनोटमा स्थान बनाउन आईसीसी विश्व कप लिग २ मा पछिल्ला १२ मध्ये ११ खेल जितेको थियो । नेपालले पछिल्ला १७ मध्ये १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ ।

यस्तै, एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने पक्का पनि गरिसकेको छ । सन २०१८ मा एकदिवसीय मान्यता प्राप्त गरेदेखि नेपालले ५१ वटा एकदिवसीय खेल खेलेकोमा २८ वटा खेलहरू जितेको छ, २१ वटामा हार बेहोरेको छ, एक बराबरी भएको छ