चितवन–२ मा ४४ हजार मतान्तरसहित स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी

सुर्खेत । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

लामिछानेका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४९ मत आएको छ ।

लामिछानेले निकटतम् प्रतिस्पर्धी श्रेष्ठलाई ४४ हजार १ सय ७० मतले पराजित गरेका छन् ।