सुर्खेत । समाजवादी प्रेस संगठन सुर्खेतको अध्यक्षमा देव राना चयन भएका छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले रानाको नेतृत्वमा नयाँ समिति गठन गरेको हो ।
यस्तै संगठनको उपाध्यक्षमा युवराज पंगाली र चन्द्रा कडेल, सचिव रजनी योगी, सहसचिवद्वय शंकर किशोर अभय र कल्पना ढेङ्गा मगर तथा कोषाध्यक्ष ओम शाही रहेका छन् ।
फरकबाटो १५ माघ २०७८, शनिबार १७:०३