मधेशी आयोगका सदस्य रेणु देवी शाहले बुझाइन् कर्णालीका प्रदेश प्रमुखलाई प्रतिवेदन


सुर्खेत । मधेशी आयोगका सदस्य रेणु देवी शाहले कर्णाली प्रदेशका प्रमुख तिलक परियार समक्ष वार्षीक प्रतिवेदन बुझाएकी छन् । नेपालको संविधान २०७२ को धारा २९४ मा रहेको व्यवस्था अनुसार उनले वार्षिक प्रतिवेदन बुझाएकी हुन् ।

आज एक कार्यक्रमका बिच आँफुले प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई बुझाएको आयोगका सदस्य रेणु देवी शाहले जानकारी दिइन् ।

संविधानको धारा २९४ मा संवैधानिक निकायको बार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको छ । उपधारा (३) मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अलग-अलग प्रतिवेदन तयारी गरी प्रदेश प्रमुख समक्ष पेश गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । आयोगको यो चौथो प्रतिवेदन रहेको शाहले सुनाइन् ।