सुर्खेतमा ७ वर्षीय बालिका मृतावस्थामा फेला

सुर्खेत ।  सुर्खेतमा ७ वर्षीय बालिका मृतावस्थामा फेला परेकी छन् । लेकवेशी नगरपालिका – १ ढापखर्ककी ७ वर्षीय बालिका सोमबार आज मृतावस्थामा भेटिएकी हुन ।

आइतबार बिहान १० बजे पसलमा समान किन्न गएको र नफर्के पछि उनको खोजि गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले घरदेखि पाँच सय मिटर टाढा खरबारीमा मृतावस्थामा फेला पारेको जनाएको छ । सुर्खेत प्रहरी प्रमुख एसपी पदम विष्टले घटनास्थलको प्रकृति हेर्दा हत्या भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लेकवेशीको टोलिले बालिकाको घाँटी रेटिएको र तल्लो भागको कपडा नभएको अवस्थामा फेला पारेको हो । हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

पक्राउ परेका मृतकका आफन्त हुन । रिसिबीका कारण बालिकाको हत्या भएको आशंका गरिएको उनको भनाई छ । बालिकाको पोष्टमार्टम रिर्पोट आए पछि थप थाहा हुने उनले जानकारी दिए ।