कोभिडमा द्धन्द्ध प्रभावित महिलाहरु अँझै मारमा परे


सुर्खेत । कोभिड-१९ को संक्रमणका समयमा द्धन्द्ध प्रभावित महिलाहरु अँझै मारमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । सोमबार मानवअधिकारका लागि महिला एकल महिला समुह सुर्खेतले आयोजना गरेको कोभिड-१९ पछिको सन्दर्भमा द्धन्द्धप्रभावित महिलाहरुको स्थिती र आवश्यकताको सन्दर्भमा गरिएको आधारभुत अध्ययनको छलफल तथा प्रस्तुतिकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले जस्तोसुकै विपद्मा पनि महिलाहरु मारमा पर्ने र विशेषगरी द्धन्द्धप्रभावित महिलाहरुले समस्या झेल्नुपरेको बताए । द्धन्द्धप्रभावितहरु विशेष एकल महिला, अपाङ्ता भएकाहरुले कोरोनाका समयमा खानै नपाउने अवस्था पनि आएको उनले सुनाए ।

राज्यले विपद् तथा महामारीका समयमा द्धन्द्धप्रभावितहरुलाई विशेष प्राथमिकतामा राखेर राहतका प्याकेजहरु ल्याउनुपर्ने उनले धारणा राखे ।

राष्ट्रिय मानवअधिकार आयोगका मान बहादुर कार्कीले सबैभन्दा ठुलो कुरा द्धन्द्धप्रभावितहरुले न्याय पाउनु नै रहेको बताए ।

कार्यक्रममा बोल्दै द्धन्द्ध पीडित साझा चौतारी कर्णाली प्रदेशका संयोजक शितलसिंह राठौरले हरेक क्षेत्रमा महिलाहरु त्यसमा पनि द्धन्द्धप्रभावित एकल महिलाहरु समस्यामा पर्ने गरेको बताईन् ।

कार्यक्रममा सहभागि अधिकाँशले ठुला माहामारी विशेष कोरोनाका समयमा द्धन्द्धप्रभावित महिलाहरु धेरै समस्यामा परेको र आर्थिक संकट झेल्नुपरेको बताएका थिए ।

मानवअधिकारका लागि महिला एकल महिला समुहका प्रबन्धक राजिन रायमाझीले कोभिड १९ पछिको सन्दर्भमा द्धन्द्धप्रभावित महिलाहरुको स्थिती र आवश्यकताको सन्दर्भमा गरिएको आधारभुत अध्ययन प्रतिवेदन प्रस्तुतिकरण गरेकी थिइन् ।

कार्यक्रमको सभापन गर्दै मानवअधिकारका लागि महिला एकल महिला समुह सुर्खेतकी अध्यक्ष ममता नगालले आजपनि द्धन्द्धप्रभावित एकल महिलाहरु आर्थिक संकट झेल्न बाध्य भएको बताईन् । उनले माहामारी मात्रै नभई पैतृक सम्पत्तिको अधिकार समेत एकल महिलाहरुलाई नभएको सुनाईन् ।

कार्यक्रममा नागरिक समाज अगुवाहरु, सञ्चारकर्मी लगाएतहरुको सहभागिता रहेको थियो ।