हुम्लाको खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर रावल विजयी


सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।

निर्वाचन अधिकृत कमलकुमार आचार्यका अनुुसार गठबन्धन दलका उम्मेदवार रावलले एक हजार ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत प्राप्त ल्याए ।

यसैगरी उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंहले एक हजार ८७१ मत ल्याएर विजयी भएका छन् ।