पाँचबुंदे सञ्चारिका घोषणापत्र जारी

                                           निवर्तमान अध्यक्ष टिका विष्टले नेतृत्व हस्तान्तरण गर्दै

 

सुर्खेत । सञ्चारिका समुह कर्णाली प्रदेशले पाँचबुंदे सञ्चारिका घोषणापत्र जारी गरेको छ । आइतबार समुहका अध्यक्ष सीता वलीको अध्यक्षतामा बसेको पहिलो बैठकले घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा कर्णाली प्रदेश सरकारले तत्काल सञ्चार निति निर्माण गर्नुपर्ने र उक्त निति लै¨िकमैत्री हुनुपर्ने, साथै महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुको दर्ता, नविकरणमा ५० प्रतिशत छुटसहित सञ्चारमाध्यम सञ्चालनका लागि विशेष कार्यक्रमहरु सुनिश्चितताको व्यवस्था गरिनुपर्ने,

राज्यका तिनवटै तहबाट सञ्चारमाध्यमहरुलाई उपलब्ध गराइदै आएको लोककल्याणकारी विज्ञापन तथा अन्य सुचनाहरु कुन सञ्चारमाध्यलाई उपलब्ध गराइयो भन्ने विवरण वार्षीक रुपमा सार्वजनिक गरिनुपर्ने, साथै राज्यको नियमानुसार दर्ता भई सञ्चालनमा आएका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समान हिसाबले विज्ञापन तथा सुचना वितरणको प्रबन्ध मिलाउन तिनै तहका सरकारसंग माग गरेको हो ।

त्यस्तै कर्णालीमा रहेका सबै सञ्चार माध्यमहरुले लैगिंक मैत्री निति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, विशेषगरी महिला कर्मचारीहरुलाई राज्यको नियमानुसार सुत्केरी बिदा तथा स्तनपान कक्षको व्यवस्था गरिनुपर्ने,

पत्रकार महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि सञ्चार माध्यम तथा सरकारी र अन्य सञ्चारसंग सम्बन्धित संरचनामा ३३ प्रतिशत सहभागीता सुनिश्चितता हुनेगरी कार्यकारी भुमीकामा पहुँच पु¥याउन सम्बन्धित पक्षहरुसंग माग गर्ने र कर्णाली प्रदेशका दशवटै जिल्लाहरुमा महिला पत्रकारहरुको लागि आधारभुत र प्रदेश स्तरमा विधागत तालिमको व्यवस्थाका लागि तिनै तहका सरकारसंग माग गरेको हो ।

बैठकले सञ्चारिका समुह कर्णालीको निवर्तमान अध्यक्ष टिका विष्ट, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशकी पुर्वउपाअध्यक्ष डम्बर आचार्य र नेपाल पत्रकार महासंघ सुर्खेतकी पुर्व उपाअध्यक्ष माया थापालाई सल्लाहकार राख्ने निर्णय गरेको हो ।

सञ्चारिका समुह कर्णालीकी नवनिर्वाचित अध्यक्ष सीता वलीले महिला पत्रकारहरुलाई नेतृत्वमा ल्याउन र पत्रकारितामा टिकाइ राख्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।