कालीकोटमा डोजर दुर्घटनामा परि बेपत्ता भएका दुई जनाको शव भेटियो


सुर्खेत । गएको शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ ।

सहायक प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिए । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ ।

शनिवार भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।