प्रदेश सरकारहरुले आज बजेट सार्वजनिक गर्दै

 


सुर्खेत । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् ।

असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउनुपर्ने संवैधानि व्यवस्था रहेको छ । सोही अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारहरुको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।