महिलामाथि दलहरूले राजनीतिक हिंसा गरेको प्रमुख आयुक्त थपलियाको आरोप


सुर्खेत । राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिने काममा महिलामाथि व्यापक विभेद गरेको तथ्य बाहिर आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवारी दिने काममा महिलामाथि ठूलो विभेद गरेको बताएका हुन् ।

निर्वाचन आयोगले आज शुक्रवार काठमाण्डौमा आयोजना गरेको ुनिर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशिताु विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ महिलालाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरूले महिलामाथि राजनीतिक हिंसा गरेको आरोपसमेत लगाएका हुन् ।