उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न बस्ने भनिएको रास्वपाको बैठक स्थगित


सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ। उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न आज बिहान साढे ११ बजेलदाई बोलाइएको बैठक स्थगित भएको हो।

निर्वाचन आयोगले आचार संहिता जारी भएपछि पार्टीका कुनै पनि बैठक बस्न नमिल्ने भनेपछि स्थगित भएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।