
सुर्खेत । नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर १ को सभापतिमा झक बहादुर डाँगी निर्वाचित भएका छन् । संस्थापन (देउवा) समुहबाट डाँगी निर्वाचित भएका हुन् । उनी संस्थापन (देउवा) समूहका हुन् । संस्थापन समूहको प्यानलनै बिजयी भएको हो ।
मंगलबार भएको निर्वाचनमा सभापति डाँगीले सात सय १९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले भने एक सय ३ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।

फरकबाटो ८ मंसिर २०७८, बुधबार ०९:०२