नवलपरासीको धौवादीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु

सुर्खेत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जीप दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

दलदलेबाट डेडगाउँका लागि छुटेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै हिजो बेलुका दुर्घटना भएको थियो ।

दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बुलिङटार–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटका ६७ वर्षीय मनसुभा बराल, बौदीकाली–२ डेढगाउँका केसरी दराई र यामबहादुर ठाडाको ज्यान गएको छ। घाइते भएका ८ जनाको भरतपुरमा उपचार भइरहेको छ ।