सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शर्माको पक्षमा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेकपा एकीकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गरेका हुन् । उनको विपक्षमा १४ मत परेको छ ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कर्णालीको मुख्यमन्त्री पद एमाले र कांग्रेसले आधारआधा समय बाँड्ने सहमति भएको छ ।
फरकबाटो ६ माघ २०७९, शुक्रबार १६:२७