
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटबार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा निर्वाचनको हालसम्मको परिणाम र राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ ।

फरकबाटो १० मंसिर २०७९, शनिबार १४:०२