बैतडीमा  एक युवतीको हत्या,  एक घाइते 

सुर्खेत । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगै गएकी अर्की किशोरी घाइते छन् । बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

उनकाअनुसार नेहा पनि धारिलो हतियारको प्रयोगबाट घाइते भएको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।