एमालेले छोड्यो सरकार


सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । आज सरकारमा रहेको तिनजना मन्त्रीहरुले सामुहिक राजीनामा दिएर सरकार छोडेका हुन् ।

आर्थिक मामीला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जितबहादुर मल्लले राजीनामा दिएका हुन् ।

एमालेबाट सरकारमा गएका तिनजना मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका हुन् ।