यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवालमा राज्य नै सचेत हुनुपर्छ

सुर्खेत । यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको सवालमा राज्य नै सचेत हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार निल हिरा समाजको आयोजनामा सञ्चार माध्यममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका सकारात्मक सवालहरु बृद्धि गर्न मिडिया फेलोशिप विषयक कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको आधारमा हेरिने दृष्टिकोण परिवर्तन हुनु पर्ने बताउँदै विद्यालय तहबाटै पाठ्यक्रममा आफ्ना सवालहरु राखिनु पर्ने निल हिरा समाजकी अनुज राई (पिटरल)े बताईन् । राईले नेपालको संविधानमा नागरिकता पाउने अधिकार भएपनि विवाह सम्बन्धी कानून नहुँदा यौनिक तथा अल्पसंख्यकहरु लिभिङ्ग टुगेदरमा बस्न बाध्य भएको र त्यसले कानुनी मान्यता नपाउँदा समस्या हुने बताईन् ।

यौनिक तथा लैङ्गिक कुनै रोग नभई जन्मजात हर्मनका कारण आउने परिवर्तन भएको उनको भनाई थियो । सञ्चार माध्ययमहरुले आफ्ना बारेमा समाचार सम्प्रेषण गर्दा प्रयोग गरिने शब्दहरुमा परिवर्तन गरिनु पर्ने उनको भनाई थियो । यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेतले यो समुदायक सवालका बारेमा प्रकास पारेकी थिइन ।

यस्तै अन्तक्र्रियामा बोल्दै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले यो समुदायका मुद्दा उठानमा पत्रकारहरुले विशेष ध्यान दिनु पर्ने बताए । अन्तक्र्रियमा सुर्खेतमा क्रियासिल करिव १७ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।