‘पोर्चुगल पठाईदिन्छु’ भनी २७ लाख ठगी गर्ने पक्राउ


सुर्खेत । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । झापा कन्काई नगरपालिका(७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्ने बताउँदै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर, गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।