जुम्लामा एक युवाले बाँसले हानेपछि एक व्यक्ति घाइते


सुर्खेत । जुम्लामा बाँसले हानेर एक युवाले ५७ वर्षीय एक व्यक्तिलाई घाइते बनाएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं ३ का हस्तेविर बोहोरालाई सोही ठाउँका २२ वर्षीय संकरे बोहोराले घाइते बनाएका हुन् ।

संकरे बोहोरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको ।