सप्तरी २ बाट सीके राउत १८ हजार मतान्तरसहित विजयी

सुर्खेत । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी भएका छन् । उनी १८ हजार ६३ मतान्तरले विजयी भएका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरेका थिए ।

पृथकतावादी आन्दोलन छाडेर पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका सीके राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियरसमेत हुन् ।