आर्थिक हैसियत भएका सीमित वर्गको मात्र त्रिवि हुनु हुँदैन् : प्रम देउवा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र त्रिभुवन विश्वविद्यालय हुन नहुने बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गरे ।

उनले भने, ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ । सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ, ।’

यस्तै त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ ।