काठमाडौं–१ मा प्रकाशमान सिंह विजयी, रवीन्द्र मिश्र फेरि हारे

सुर्खेत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् ।

सिहंले निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २५ मतले हराएका हुन् । सिंहले ७ हजार १ सय ४३ मत पाउँदा मिश्रले ७ हजार १८ मतमा चित्त बुझाए ।

सिंहले ०७४ मा पनि मिश्रलाई ८ सय १८ मतान्तरले हराएका थिए । मिश्र त्यसबेला विवेकशील साझाका उम्मेदवार थिए । सिंह यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार १ सय १५, एमालेका किरण पौडेलले ३ हजार ५ सय ३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १ सय २४ मत पाएका छन् ।