सुर्खेत । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोब्बरभन्दा बढी मतको अग्रता लिएका छन् ।

सोमबार बेलुकासम्म ६ हजार २ सय २५ मत गणना हुँदा ओलीले ३ हजार २ सय १२ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मतले पछ्याइरहेका छन् । ओलीले पाएको मत अधिकारीको भन्दा एक हजार ६ सय ८९ ले बढी हो ।
तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिन्हमा ६ सय २ मत खस्दा जनमत पार्टीका भीम राजवंशीले ३ सय ७ मत पाएका छन् ।
कूल एक लाख ५४ हजार २ सय ८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६ हजार २ सय २५ मत गणना हुँदा ४ सय १४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फरकबाटो ५ मंसिर २०७९, सोमबार १९:०७