पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाण्डौ । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी थिए ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका थिए ।

यसअघि अभिनेत्री मानन्धर डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएका थिए ।