कर्णालीमा विपद्का कारण ४९ जनाको मृत्यु, २५ जना अझै बेपत्ता

सुर्खेत । गएको असोज अन्तिम हप्ताको लगातारको वर्षापछि आएको बाढी तथा पहिरोमा परि कर्णालीमा ४९ जनाको मृत्यु भएको छ । २५ जना अझै बेपत्ता छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् सम्पर्क व्यक्ति कृष्णबहादुर रोकायले आइतवार सुर्खेतमा आयोजित ‘विपद् प्रतिकार्यको समीक्षा तथा भूकम्पीय परिदृश्यमा आधारित छलफल’ कार्यक्रममा ज्यान गुमाउने र बेपत्ता भएकाहरुको जानकारी दिएका हुन् । उनका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै हुम्ला र मुगुका रहेका छन् ।

असोज अन्तिम हप्तामा भएको अविरल वर्षाबाट जुम्ला र मुगुमा दशरदश, कालीकोटमा नौ, हुम्लामा आठ, डोल्पामा दुई र दैलेखमा एक गरी ४१ जनाको ज्यान गएको छ । विपदमा परि कालीकोटमा मात्रै १८ जना बेपत्ता छन् । त्यस्तै, दैलेखमा तीन, जुम्ला, हुम्ला, डोल्पा र रुकुमपश्चिममा एकरएक गरी २५ जना नागरिक अझै बेपत्ता ‍रहेका उनले बताए ।

चालु आर्थिक वर्ष २०७९र०८० को साउन, भदौ र असोज महिनामा विपदबाट सुर्खेतमा कुनै मानवीय क्षति भएको छैन । यसबाट कर्णाली प्रदेशभर ७४ जना घाइतेका भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार २० हजार ७ सय ९४ जना विस्थापित भएका छन् । त्यसमा ७ हजार ४ सय १८ कालीकोट र ५ हजार २ सय ८२ जना मुगुका रहेका छन् ।

त्यस्तै, ३ हजार २ सय ८६ हुम्लामा, जुम्लामा १ हजार ९ सय ५२, दैलेखमा १ हजार ६ सय २०, सल्यानमा ६ सय ४ र सुर्खेतमा ५ सय ६६, डोल्पामा ३२, जाजरकोटमा र रुकुमपश्चिममा १७र१७ परिवार विस्थापित भएका रोकायले बताउनुभयो । उहाँका अनुसार विपदबाट कर्णालीमा अहिलेसम्म २ हजार २ सय ५९ घरमा पूर्ण र २ हजार ६ सय ८४ घरमा आंशिक क्षति पुगेको छ ।

कर्णालीमा सडक दुर्घटनाबाट ३३, चट्याङबाट एक र हिमपातबाट दुई जनाको ज्यान गएको बताइएको छ। विपद् पूर्वतयारी र प्रतिकार्य योजनाका कारण खोजी तथा उद्धारकार्यमा भने केही सहयोग पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव दिनेशसागर भुसालले जानकारी दिए ।