संसद् अवरोध र एमसीसीको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले संसद् अवरोध र एमसीसीको विषयलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो ४ बजे बैठक बोलाएका हुन् ।

बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।