दैलेखको चामुण्डा बिन्द्रासैनी जनता माविमा शंकास्पद वस्तु भेटिएपछि सुरु भएन मतदान

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेपछि अझै मतदान सुरु हुन सकेको छैन ।

आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहे पनि शंकास्पद वस्तु भेटिएपछि रोकिएको हो ।

अहिले कालीबक्स गणबाट सेनाको बम डिस्पोजल टोली मतदान केन्द्रमा पुगिसकेको छ । सेनाले उक्त वस्तु निष्क्रिय पारेपछि मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदान केन्द्रमा करिब १ हजार ९ सय मतदाता रहेका छन् ।