दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस विजयी

दैलेख । दैलेखको भैरवी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रीता शाही १६ मतले विजयी भएका हुन्।

रीता शाहीले ३ हजार ९७६ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत ल्याएका हुन् ।

उपाध्यक्षमा कांग्रेसकै देवि भण्डारी ३ हजार ३७४ मत ल्याएर विजयी हुनुभएको छ। एमालेकी पदमकुमार विष्टले ३ हजार २२७ मत पाएका छन् ।