संविधानको रक्षाका लागि गठबन्धन बनेको हो : पुर्णबहादुर खड्का

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले संविधानका रक्षाका लागि बिचारै नमिलेको भएपनि गठबन्धन गर्नुपरेको बताएका हुन् ।

यो गठबन्धन रहरले बनेको होइन उनले भने ‘यो गठबन्धन बाध्यताले संविधानको रक्षाका लागि निर्माण भएको हो ।, रातारात चुनाव जित्न पनि यो गठबन्धन नबनेको भन्दै उनले , एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको बताए ।

अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने उनले सुनाए । गठबन्धनको जितले कर्णालीको विकास हुने उनले सुनाए । सभामा हरिमाया शर्मा, कालिप्रसाद शाक्य लगाएतले धारणा राखेका थिए ।