
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी आर्थिक सहायता मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्न दिने भएको छ । तर यथास्थितिमा स्वीकार्य नहुने समेत एकीकृत समाजवादीले बताएको छ ।
शनिबार बसेको स्थायी कमिटी दशौं बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । यथास्थितिमा एमसीसीको शर्तको अधिनमा पारित गर्न भने नसकिने उनले जानकारी दिए ।
यसका कानुनी र अन्य समस्या थुप्रै रहेका र विगतमा सम्झौतालाई पटकपटक संशोधन भएकाले संशोधन गरेर मात्र पारित गर्न सकिने उनको भनाई छ । उनले संसदमा एमसीसी सम्झौता टेबुल गर्न पार्टी बाधक नहुने बताए ।

फरकबाटो ७ फाल्गुन २०७८, शनिबार २०:४६