राजापुर र वीरेन्द्रनगरमा रोपिएका करिब चारहजार विरुवाको अनुगमन

सुर्खेत । USAID/TAYAR नेपाल र अन्तरनिर्भर समाज सुर्खेतको साझेदारीमा राजापुर नगरपालीका र वीरेन्द्रनगर नगरपालीकाको सडक किनारामा रोपिएका करिब चारहजार विरुवाहरुको अनुगमन गरिएको छ । १३  डिसेम्बर  २०२३  मा राजापुर र बिरेन्द्रनगरमा १४  डिसेम्बरमा अनुगमन गरिएको अन्तर्रनिर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिए ।

उनका अनुसार विरुवाहरुको प्रत्यक्ष रुपमा USAID/TAYAR Nepal  प्रतिनिधहरुद्धारा स्थायीय सरकारको सहभागीतामा अनुगमन गर्ने काम भएको हो ।

अनुगमनको क्रममा विरुवाको रेखदेख गोडमेल र सिचाईको प्रबन्धलाई नियमियता दिने र यसमा स्थानीय सरकारको भुमिकालाई प्रभावकारी बनाएर लगे दिगो पना हुने USAID का प्रतिनिधिले बताए ।

त्यसैगरी राजापुर र वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखहरुले विरुवाको संरक्षणको जिम्मा स्थानीय सरकारले लगेको र विरुवाको रेखदेखका लागि अनुगमन समिती समेत निर्माण गरेका छन् ।

राजापुर नगरपालीका र वीरेन्द्रनगर नगरपालीकामा गरि जम्मा ४ जना स्थानीय महिलाहरुलाई विरुवा हेरालोको रुपमा रोजगारी समेत दिएको कार्यकारी शाहीले बताए ।