कर्णाली प्रदेश सभा दोस्रो कार्यकालको पहिलो अधिवेशन आगामी १८ गते


सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन आगामी १८ गते आव्हान गरिएको छ । आज प्रदेश प्रमुखको कार्यालयले आगामी १८ गते दिउसो १ बजे कर्णाली प्रदेश सभा आव्हान गरेको हो ।

आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज प्रदेश प्रमुखको कार्यालयलाई कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आव्हानका लागि पत्राचार गरेको थियो ।

नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालयले बैठकको आव्हान गरेको कार्यालयका नि. सचिव भीमराज थानीले जानकारी दिए