१९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक


सुर्खेत । १९ वर्षमुनिको राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता मंसिर ७ गतेदेखि १९ गतेसम्म कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेशको टोली सहभागी हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा ७ गते बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । दोस्रो दिन ८ गतेदेखि हरेक दिन दुई वटा खेल हुनेछन् ।