एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै । नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।

नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।

दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् ।

नेपाल र यूएईबीचकाे एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् ।