कोबेल्को एस्काभेटर एकहजार बिक्रिको उपलक्ष्यमा “कस्टुमर मिट”


सुर्खेत । कोबेल्को एस्काभेटर एकहजार बिक्रिको उपलक्ष्यमा “कस्टुमर मिट” सम्पन्न गरिएको छ । सुर्खेतमा बिहिबार कोबेल्को हाईड्रोलिक एस्काभेटरको आधिकारिक वितरक पुजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले ग्राहकसंग भेट कार्यक्रम सम्पन्न गरेको हो ।

नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित उपकरण भित्र्याएको नेपालका लागि पुजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले कार्यक्रम आयोजना गरेको हो । यसअघि प्रालीले धनगढिमा यो कार्यक्रम सम्पन्न गरिसकेको छ ।

विशाल गु्रपको भगिनी संस्था पुजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.कोबेल्को हाईड्रोलिक एस्काभेटरको नेपालका लागि आधिकारिक विक्रेता हो ।

कम्पनीले एसके १४० एचडी एलसी, एसके २१० एचडी एलसी, एसके २२० एक्सडी एलसी, एसके ३८० एक्सडी एलसी र एसके ५२० एक्सडी एलसी का हाईड्रोलिक एस्काभेटर नेपाली बजारमा भित्र्याएर उपभोक्तालाई विक्री गरिरहेको छ ।

कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक संजीब कुमार देवले ग्राहकलाई एस्काभेटर संगै अन्यसेवा समेत लिएर आउने बताए । थोरै तेल खाने , धेरै टन उठाउन सक्ने र टिकाउ भएकोले कोबेल्को एस्काभेटर नै किन्न निर्माण व्यवसायीहरुलाई उनले आग्रह गरे ।

करिब सत्तरी जना भन्दा बढि निर्माण व्यवसायीहरुसंग गरिएको भेट कार्यक्रममा कोबेल्को कस्ट्रक्सन इक्युपमेण्ट ईण्डिया प्रा.लि. का सुरज शर्माले कोबेल्कोद्वारा उत्पादित उपकरण र यसका विशेषताका बारेमा जानकारी गराएका थिए ।

नेपालको भुगोल परिवेशलाई उपयुक्त हुने गरी ल्याइएको हाईड्रोलिक एस्काभेटर चुनौतीपुर्ण प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको समेत महाप्रबन्धक संजीब कुमार देवले सुनाए । पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको सबै मोडेलका हाईड्रोलिक एस्काभेटर जापानी प्रविधि अन्तर्गत भारतको आन्ध्र प्रदेशको सिटी शहरमा उत्पादन गरिने उनले बताए ।

अन्य कम्पनीको एस्काभेटरको तुलनामा इन्धन खपत र उच्च प्रतिफल दिने कोबेल्को कस्ट्रक्सन इक्युपमेण्ट ईण्डिया प्रा.लि. का सुरज शर्माले बताए । विक्री पश्चात् पार्टपुर्जा र ग्राहकको सर्भिस सम्बन्धी प्रतिबद्ध समेत रहेको उनले सुनाए ।

काठमाडौंमा कार्यालय स्थापना गरी पुजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले सन् २०१३ देखि कोबेल्को मेशिन बिक्री प्रारम्भ गर्दै गरेको म्यानेजर चन्दन श्रेष्ठले जानकारी दिए । आधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिमार्फत देशभर कोबेल्को सेल्स र सर्भिस सेन्टर फैलिएको उनले सुनाए ।

काठमाडौं बाहेक इटहरी, विरगंज, पोखरा, बुटवल, कोहलपुर र अत्तरिया लगायतका विभिन्न स्थानमा पुजा कन्स्ट्रकसन नेपाल प्रा.लि.को शाखा र सर्भिस नेटवर्क स्थापना गरी सेवा दिएको श्रेष्ठले बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ सुर्खेतका अध्यक्ष जनक रावल, निर्माण व्यवसायी संघका पुर्व केन्द्रिय सदस्य खड्कबहादुर खत्री लगाएतको उपस्थिती रहेको थियो ।