भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि

काठमाण्डाै । भारत र वेष्ट इन्डिजबीचको एक दिवसीय क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।

खेल बेलुका सवा ७ बजे वेष्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । भारतको कप्तानी शिखर धवनले गर्दैछन् भने वेष्ट इन्डिजको कप्तानी निकोलस पुरनले सम्हाल्नेछन् ।

भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई यो श्रृङ्खलामा आराम दिइएको छ ।

वेष्ट इन्डिजले पछिल्ला ५ वटा एक दिवसीय खेल हारेको छ भने भारतले पछिल्ला ५ मध्ये ४ वटा खेल जितेको छ ।

वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी–२० र एक दिवसीय श्रृङ्खला जितेको थियो ।