यू-२० एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

काठमाडौं । एएफसी यू-२० एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगालादेश रहेको छ । यस समूहको छनोट खेल बहराइनमा हुनेछ ।  समूह चरणको खेल सेप्टेम्बर १० देखि १८ सम्म हुनेछ ।

समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् । एएफसीले छनोट खेल्ने ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर ‘ड्र’ निकालेको हो ।

हरेक समूहको विजेताले उज्वेकिस्तानको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत यू-२० एसियन कप खेल्नेछ । एएफसी यू-२० एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Image