कक्षा १२ को आवेदन फाराम खुला

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुला गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले मङ्सिर ७ गतेबाट लागु हुने गरी आवेदन फाराम खुला गरिएको जानकारी दिए ।

फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।

उनले विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।