सुर्खेत । जातीय छुवाछुत मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलिले बराहताल गाउँपालिका वडा नं. ८ का २२ वर्षीय भरत शाहीलाई सोमबार पक्राउ गरेको हो ।
जिल्ला अदालतले २०७४ पुस २५ गते ३ महिना कैद सजाय र एक हजार जरिवाना तोकेको थियो । उनी हालसम्म फरार रहेका थिए । उनलाई वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरकबाटो १४ चैत्र २०७८, सोमबार १२:४५