एमसीसीमा व्याख्यात्मक घोषणा पार्टीको अडानको उपलब्धि : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताएका छन् ।

एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘हामीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न पहल नगरहेको भए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा थियो । हामीहरूकै पहलका कारण एमसीसी जस्ताको तस्तै पारित नभएको हो ।’