७६ जिल्लामा फैलियो डेङ्गी

सुर्खेत । नेपालमा हिजो सोमबार सम्म डेङ्गी संक्रमणका कारण ४४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो ।

सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।