राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित


सुर्खेत । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक भोलि बिहीवारसम्मका लागि स्थगित भएको छ ।

आज दिउँसो २ बजेर ३१ मिनेटमा बैठक शुरु हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक दिउँसो ३ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले पुनः ४ बजेर ४६ मिनेटमा बैठक बस्ने सूचना जारी गरेको थियो । तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गर्नुभएको सचिवालयले जनाएको छ ।