काठमाण्डौ । जयनगर–कुर्था रेलमार्गमा भोलिदेखि तीन दिन यात्रुको सुविधाअनुसार रेल सेवा सञ्चालन हुने भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन पुग्ने तीर्थालुको सुविधालाई ध्यान दिँदै नेपाल रेल्वे कम्पनीले भोलि, पर्सि र बुधवार यात्रुको सुविधाअनुसार निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले सूचना निकालेर कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुको सुविधालाई ध्यानमा राखेर भोलिदेखि बुधवारसम्म जयनगर–जनकपुरसम्म अनटाइम्ली सेवा सञ्चालन हुने जानकारी दिएका छन् ।
कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपालका विभिन्न ठाउँबाट तीर्थालु पुग्छन् । यस्तै, भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । तीन दिन यात्रुको चाप बढ्नसक्ने भएकाले निर्धारित सिफ्टभन्दा बाहेकको समयमा पनि रेल सेवा सञ्चालन गर्न लागिएको झाले बताए ।
जतिबेला यात्रु आउँछन्, त्यतिबेला नै रेल चलाउँछौँु, उनले भने, यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ, तीन दिन यात्रुलाई यातायातको कुनै समस्या हुन दिँदैनौँ ।ु जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गएको २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

फरकबाटो २० कार्तिक २०७९, आईतवार ११:५३