कर्णालीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धी, तीन महिनाको अवधीमा १ सय १६ जना पीडित


सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ सय १६ जना पीडित भएको इन्सेकले जनाएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले प्रदेशको तीन महिनाको (सन् २०२३ जनवरीदेखि २०२३ मार्चसम्म) मानव अधिकार स्थिति सूचक प्रकाशनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकले सार्वजनिक गरेको मानव अधिकार स्थति सूचक प्रकाशनमा तीन महिनाको अवधिमा गैरराज्यपक्षबाट १ सय दश जना पीडित भएका छन् । भने राज्यपक्षबाट ६ जना पीडित भएका छन् । यस महिनाको अवधीमा राज्यपक्षबाट पाँच जना पुरुष पीडित भएका छन् भने एकजना महिला पीडित भएका छन् । यस अवधीमा कर्णालीमा अन्यपक्षबाट ८६ जना महिला गैरराज्य पक्ष (अन्यपक्ष) बाट पिडित भएका छन् भने यस अवधीमा २४ जना पुरुष पीडित भएका छन् ।

तीनमहिनाको अवधीमा कर्णालीमा धम्कीका दुई, घाइते तीन जना भएको तथ्याङ्कमा उल्लेख छ । २० जना माथी कुटपिट भएको छ । १९ जनाको वालअधिकार हननका घटना भएको तथ्याङ्कमा जनाइएको छ । अमानविय व्यबहार दुई हत्या १२ जनाएको भएको छ । ५७ महिला अधिकार हननका घटना घटेका छन् भने आर्थिक सामाजिक तथा सांस्कृती अधिकार उल्लङ्घनका एक घटना घटेको तथ्याङ्कमा उल्लेख छ ।

प्रत्येक वर्ष झै यस तीनमहिनाको अवधीमा पनि कर्णालीमा मानव अधिकार हननका घटनामा वृद्धी भएको इन्सेक कर्णालीमा प्रदेश संयोजक नारायण सुवेदीले बताए । प्रदेशमा हुने यस्ता खालका घटनाको कारणको खोजी गरी जिम्मेवार निकायले यस्ताखालका घटना न्युनिकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । यस अवधीमा चार जनाको परिवारजनबाट हत्या भएकाले परिवारजन पनि यस्ता घटनामा कमी ल्याउन गम्भीर हुनुपर्नेमा अनुरोध गरे ।