भि–बोन ब्राण्डका कुर्सीको शोरुम उद्घाटन

सुर्खेत । भारतीय कम्पनी भि–बोन ब्राण्डका आधुनिक फर्निचर कुर्सीको शोरुम वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शोरुमको उद्घाटन गरिएको हो । वीरेन्द्रनगर–६, बुद्धपथस्थित टिडी डेकोर हबले डिलर लिएको हो ।

ग्राहकहरुलाई लक्षित गरि सुरु भएको उक्त शोरुममा न्यूनतम् १० हजारदेखि अधिकतम् १ लाख २९ हजारसम्मका कुर्सी बिक्रीमा राखिएको छ ।

२१ वटा मोडलमा कुर्सीहरू उपलब्ध रहेको डेकोरका सञ्चालक देवेन्द्र अधिकारीले जानकारी दिए । प्रत्येक कुर्सीमा दुई वर्षको वारेन्टी दिइएको हो । अधिकारीले बिक्रीसँगै सर्भिस सेन्टर समेत छिट्टै सञ्चालनमा ल्याइने सुनाए ।

कम्पनीले नेपालका विभिन्न शहरहरूमा बिक्रीका लागि ३६ वटा डिलर सञ्चालनमा ल्याएको कम्पनीका प्रतिनिधि प्रविन श्रीबास्तबले बताए । भि–बोन कुर्सी आरामदायीसँगै स्वास्थ्यलाई समेत लाभदायी हुने गरेको उनको भनाइ छ ।